श्रिमान मलेसीयामा रहेकी महिला पाँच बर्षीया छोरीसहित बेपत्ता

चितवन । चितवनमा एक महिला ५ बर्षकी छोरीसहित वेपत्ता भएकी छिन् । धादिङको ज्वालामुखी गाउँपालिका ६ कि २५ बर्षकी ज्योति सुवेदी तिमिल्सिना ५ बर्षकी छोरी आर्जना तिमिल्सिनासहित चितवनको भरतपुर महानगरपालिका १० हाकिमचोकबाट हराएकी हुन् ।

डेरा गरेर बस्ने उनीहरु भदौ १२ गते ३ बजे कोठाबाट निस्केको आफन्तले बताएका छन् । उनले अन्तिम पटक बहिनीलाई फोन गरेको र त्यसपछि सम्पर्कविहीन भएको परिवारले जनाएको छ ।

उनको विवाह २०७० सालमा भरतपुरका नवराज तिमिल्सिनासंग भएकी थियो । नवराज हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहिआएका छन् । ज्योति सुवेदीको माइत म्याग्दी हो । थियो । अनमी पढेकी ज्योति लोकसेवा आयोगको परीक्षाको तयारी र छोरीको पढाइका लागि भन्दै भरतपुर बस्दै आएकी थिइन् ।

खोजी गरिदीन उनका परिवारले भदौं १३ गते नै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । प्रहरीले कार्यालय चितवनले कसैले भेटेमा सम्पर्क गनर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *