बालुवा झिक्ने क्रममा त्रिशूलीमा डुबेर एकको मृत्यु

धादिङ । त्रिशूली नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । बालुवा झिक्ने क्रममा सिद्धलेक गाउँपालिका वडा नम्बर –७, निवासी २८ वर्षीय प्रकाश थापा मगरको गजुरी गाउँपालिका वडा नम्बर –६, बेल्खुस्थित त्रिशूली नदीमा डुबेर मृत्यु भएको हो ।

घटनापछि प्रहरी र मजदुरले खोजी कार्य गरेका थिए । वर्षाका कारण बढेकोले नदी किनारमा काम गर्ने मजदुर हरु जोखिममा परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *