रोयटर्सका दुई पत्रकारलाई म्यानमारमा ७ वर्ष जेलको सजाय

काठमाडौँ । म्यानमारका दुई जना पत्रकारलाई ७ वर्षको जेल सजाय
तोकिएको छ । देशको गोपनियता सम्बन्धी कानुन उल्लंघन आरोपमा दोषी ठहर गर्दै म्यानमारको एक अदालतले रोयटर्सका दुई पत्रकारलाई सात वर्षको जेल सजाय सुनाएकोहो ।

रोहिङ्ग्यामाथि भएको हिंसाको सम्बन्धमा अनुसन्धानात्मक रिपोर्टिङ गर्न म्यानमार पुगेका रोयटर्सका दुई पत्रकारले देशको गोपनियता सम्बन्धी कानुन उल्लंघन गरेको भन्दै पत्रकारहरु वा लोन र केयव सिओ ओलाई बन्दी बनाएको थियो ।

म्यानमारको प्रेस स्वतन्त्रताको अवस्थासँग जोडिएको उक्त घटनामा पत्रकारहरुले आफूहरु निर्दोष रहेको तर प्रहरीले फसाएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *