अनमोल र साम्राज्ञीलाई पपुलर नायक-नायिकाको अवार्ड

काठमाडौँ । नेपाल चलचित्र संघले अमेरिकामा आयोजना गरेको ‘नेम्पा पपलुर फिल्म अवार्ड’मा नायक अनमोल केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पपुलर  नायक-नायिकाको अवार्ड प्रदान गरिएको छ ।

अमेरिकामा रहेका नेपाली संगठनहरु एन्मा, नासिया र एनाले संयुक्त रुपमा अगष्ट ३१ देखि सेप्टेम्बर २ सम्म आयोजना गरिएको ‘नेपाली राष्ट्रिय सम्मेलन २०१८’मा ‘नेम्पा पपुलर अवार्ड’ पनि आयोजना गरिएको हो ।

अवार्ड समहारोहमा सहभागी हुनका लागि निर्देशक दिपाश्री निरौला, नायक भूवन केसी, हाँस्य कलाकारहरु जितु नेपाल, विल्सन विक्रम राई, नायिका नीता ढुंगाना, कलाकार सुनिल थापा लगायत अमेरिका पुगेका थिए । तर अनमोल र साम्राज्ञी भने उपस्थित थिएनन् ।

अवार्डमा पपुलर फिल्मतर्फ ‘छक्का पन्जा २’, पपुलर निर्देशकको विधामा दिपाश्री निरौला, पपुलर सह(नायिकाको विधामा नीता ढुंगानालाई अवार्ड प्रदान गरिएको थियो । यस्तै, पपुलर हाँस्य कलाकारमा केदार घिमिरे र विल्सन विक्रम राइ, पपुलर सह(अभिनेता जितु नेपाल, पपुलर कोरियोग्राफरको विधामा कविराज गहतराजले अवार्ड प्राप्त गरेका थिए ।

यस्तै, गेहेन्द्र धिमाललाई एचिभमेन्ट अवार्ड, कलाकार सुनिल थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड, नायक भूवन केसीलाई यूग नायकको अवार्ड प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *