स्वास्थ्यकर्मीहरु किन बन्दैछन् हज्जारौंको मृत्युको कारण? : सांसद अधिकारी

काठमाडौं । सत्तारुढ दलका सांसदले सरकारलाई विभिन्न क्षेत्र तर्फ समानरुपले अगाडि बढ्न आग्रहरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै नेकपाका सांसद खगराज अधिकारीले शान्ति सुरक्षा र अमन चैनका लागि सरकारले हरसम्भव प्रयास गरिरहेका बेला सरकारमाथि नै सबै प्रकारका घेराबन्दी भईरहेको भन्दै सम्बन्धीत मन्त्रालयलाई सचेत गराएका छन् ।

सरकारमाथि भइरहेका विभिन्न किसिमका घेराबन्दीले आफूलाई १७ सालदेखिको राजनितिक इतिहासको सम्झना आएको भन्दै उनले मुलुकी फौजदारी दण्डसंहिता स्वास्थ्यकर्मीको कसुरको सम्बन्धमा मुलुकभर स्वास्थ्य सेवा बन्द गरिएको तर्फ स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए ।

उनले भने, ‘कानुन मिच्न किन उद्यत बनाइँदैछरु किन हज्जारौंको मृत्युको कारण बन्दै छन् स्वास्थ्यकर्मीहरुरु किन स्वास्थ्य मन्त्रालयले आफ्ना खाली रहेका १२ औं तहका पदपूर्ति गर्न पहल गर्दैनरु हड्तालका आयोजकहरुलाई स्वस्थ्य मन्त्रालयको तालाचावी दिइँदैछ ?

सांसद उमा रेग्मीले राष्ट्रिय पोशाकका रुपमा पुरुषलाई दौरा सुरुवाल र महिलालाई साडीको व्यवस्था सरकारले अचानकै हटाएको भन्दै राष्ट्रिय पोशाक कायम गर्न माग गरेकी छिन् ।

सांसद अतहर कमाल मुसलमानले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सम्पन्न गरी अलपत्र अवस्थामा रहेको लुम्बिनीदेखि भैरहवा विमानस्थल हुँदै कृष्णनगरसम्म जोड्ने हुलाकी सडक निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् ।

सांसद आशा कुमारी विकले बझाङ जिल्लाको एउटा नगरपालिका र ७ गाउँपालिकामा अझै पनि बैकिङ सु्विधा नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *