ऋतिक रोशन र टाइगर श्राफ पहिलो पटक सँगै पर्दामा

काठमाडौँ । यशराज फिल्म्सले बनाइरहेको एक फिल्ममा ऋतिक रोशन र टाइगर श्राफॅे पहिलो चोटी सँगै देखिने भएका छन् । जुन फिल्मको स्टन्ट सुटिंका लागि इन्टरनेशनल कोरियोग्राफर हायर गरिएका छन् ।

सेप्टेम्बर ५ बट छायांकन सुरुहुने नाम नतोकिएको चलचित्रलाई सिद्धार्थ आनंदले निर्देशन गर्ने भएका छन् । यशराज फिल्म्समा बनिरहेको फिल्मका प्रोड्युसर आदित्य चोपड़ा रहेका छन् ।

टाइगर श्रॉफले पहिला शूटिंग गर्ने भएका छन् । जस्मा टाइगरको इन्ट्री सीन सुट हुने छ । टाइगरले २ महिना देखी उक्त सीनको तयारी गरिरहेका थिए । तर ऋतिकले भने अर्काे महिना इटलीमा पहिलो सुटींग गर्ने छन् ।

त्यस पछि मात्रै दुबै बिचका सीन सुटींग हुने छन् ।

वलिउडका स्टार ऋतिक र टाइगर पहिलो चोटी सँगै देखीइरहेको यो फिल्म एकदमै चर्चामा आउने निर्देशकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *