नयाँ दिल्ली, १८ भदौ । अभिनेत्री कंगना रनौतकी फिल्म ‘मणिकर्णीकाः द क्वीन अफ झाँसी’बाट निर्देशक कृष जर्लामुदीले आफ्नो हात झिकिसकेको अवस्थामा अर्को एक दोस्रो लिड अभिनेता सोनु सुदले पनि हात झिकेका छन् ।

यसरी फिल्मबाट हात झिकिसकेका अभिनेता सोनु सुदले फिल्मको रिलिज मितिका कारण फिल्म छोडेको बयान दिएका छन्, भने अर्को तर्फ अभिनेत्री कंगना रनौतका अनुसार महिला निर्देशकसँग सोनुको काम गर्न इच्छा नभएको बताएकी छन् ।

यो फिल्ममा सोनु एक विशेष भुमिकाको साथमा आउनले वालामा थिए, तर अहिले आएर फिल्मबाट हात झिकिसकेका छन् । अभिनेता ऋतिक रोशन र अभिनेत्री ऐश्वर्य राय स्टारर् फिल्म ‘जोधा अकबर’मा समेत काम गरिसकेका सोनु सुद पुनः एक पटक फिल्मको हिस्सा बनेका थिए । यो फिल्मको लागि सोनुले घोडा सवारी र तरवारबाजी सिकेका थिए ।
त्यस्तै यता यसै फिल्मका निर्देशक कृष जगलामुर्दीले पनि फिल्मबाट हात झिकिसकेका छन् । अहिले उनले एनटिआरको तेलेगु बायोपिक बनाउनका लागि लागिपरेका छन् । त्यस पश्चात ‘मणिकर्णीका’को निर्देशनको जिम्मा आफैले लिएकी छन् ।