चीनले गर्‍यो एक हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव

काठमाडौं, १८ भदौ । चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत् किन्ने प्रस्ताव गरेको छ । चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त प्राविधिक समूहको पहिलो बैठकमा चिनियाँ पक्षले यस्तो प्रस्ताव गरेको हो ।

टोलीका सदस्य एवं अन्तरदेशीय प्रसारण लाइन आयोजनाको नेपालतर्फका प्रमुख कोमल आत्रेयका अनुसार तिब्बतले हाल सिचुवान र कन्काइबाट विद्युत् ल्याईरहेकोमा तिब्बतका लागि एक हजार मेगावाटसम्म विद्युत् नेपालबाट निर्यात गर्न सक्ने प्रस्ताव गरेका छन् । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *