लिक बन्यो, रेलै छैन

काठमाडौं, १८ भदौ । आगामी पुसबाट जयनगर-जनकपुर रेल सेवा चल्ने तरखरमा छ। बर्दिबाससम्म लिक बन्दैछ। तर, त्यो कुन ढंगले चलाउने सरकार अझै टुंगोमा पुगेको छैन।

प्रधानमन्त्री केपी ओली र बिम्स्टेक सम्मेलनमा आएका भारतीय समकक्षी नरेन्द्र मोदीबीय यस विषयमा गहन छलफल भयो। प्रधानमन्त्री निकट स्रोतले भन्यो-भेटको मुख्य एजेन्डा नै रेल बन्यो।

नेपालले रेलमार्ग यसमा प्राविधिक तयारी गरेकै छैन। रेल किन्ने वा भाडामा लिने निचोड निस्किएकै छैन। सरकारको यो सुस्तताले समयमा रेल सञ्चानल हुने÷नहुने अन्योल बढेको भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारीले बताए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *