मुलुकी ऐनले स्वतन्त्र पत्रकारिताको अवधारणालाई कुन्ठित गरेको ठहर

काठमाडौं । `मुलुकी संहिता र गोपनीयता हक सम्बन्धि बिधेयकले सन्चारकर्मीमा पर्ने प्रभाव´ बिषयक अन्तरसंवाद कार्यक्रम आईतवार काठमाडौंमा सम्पन्न भयो । भेलाले मुलुकी ऐनले स्वतन्त्र पत्रकारिताको अवधारणालाई कुन्ठित गरेको निष्कर्ष निकालेको छ र यसबारेमा संसदमा छलफल हुने र यसमा केही बुँदा थपघट गरेर सच्याइने कुरामा आशावादी रहेको पत्रकारहरुले बताएका छन् ।

सेन्टर फर मिडिया रिसर्च र नेपाल पत्रकार महासंघ एसोसियट प्रदेशले आयोजना गरेको उक्त भेलामा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले तथा कानुनबिद् डा सुरेन्द्र भण्डारीले पत्रकारहरुको बिबिध जिज्ञासाको उत्तर दिएका थिए । भेलामा एसोसियट अध्यक्ष केपी ढुंगाना, कार्टूनिस्ट क्लब अफ नेपालका अध्यक्ष अबिन श्रेष्ठ, क्लबका महासचिव देवेन्द्र थुम्केली, सचिव योगेश खपाङ्गी तथा अरु उपस्थित पत्रकारहरुले अाआफ्ना जिज्ञासा र धारणा ब्यक्त गरेका थिए ।

भेलामा पूर्वअध्यक्ष शिव गाउँले अस्पष्ट ऐनलाई समर्थन गर्न नसकिने बताएका थिए । ऐनले प्रेशले सुचना संकलन गर्ने कार्यलाई निष्कृय बनाइदिने हुनाले यस्लाई सच्याउनु पर्ने बिचार ब्यक्त गरे । त्यसै गरी कानुनबिद् भण्डारीले ‘गोपनियताको हक जत्तिकै सुचनाको हकको पनि महत्व छ ।’ भनेका थिए । ‘मिडियाको पहिलो काम सत्यको सम्प्रेषण गर्नु हो । पब्लिक अथोरिटीका कुनै पनि काम उस्को नीजी हुनसक्दैन । अहिले मिडिया साँच्चिकै संकटमा छ’ भण्डारीले बताए ।

एसोसियटका प्राय: प्रतिनिधि उपथित सो भेलाले ‘मुलुकी ऐनले स्वतन्त्र पत्रकारिताको अवधारणालाई कुन्ठित गरिएको निष्कर्ष निकालेको छ । मुलुकी ऐनमा ‘सार्वजनिक महत्वको सार्वजनिक अधिकारको बिषयमा सुचना प्रवाह गर्न यो ऐनले रोक लगाएको मानिने छैन’ भनी बुँदा थप्न उपयुक्त हुने भेलाको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *