बैंकबाट दिउसै लाखौँ रकम लुटियो

बुटवलको एभरेस्ट बैंकबाट रकम जम्मा गर्दैगर्दा एक जना व्यक्ति लुटिएका छन् । बीपीचोकमा रहेको रहेको एभरेस्ट बैंकमा रकम जम्मा गर्न गएका दिनेश ज्ञवालीको साथबाट बिहान १० बजे बैंकभित्रै बाट २ लाख २३ हजार रुपैयाँ लुटिएको हो ।

ज्ञवाली नेपालगन्ज रोडमा रहेको दुर्गा प्लास्टिक हाउसका सञ्चालक हुन् । तीनजना व्यक्तिले बैंक भित्रबाटै रकम लुटेको बैंकको सिसिटीभी क्यामेरामा कैद भएको छ । लुटेरा को हुन् र कहाँका हुन् भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *