इतिहासमा आज (२ सेप्टेम्बर)

१. १८७० सेप्टेम्बर २ का दिन सेडानको लडाईमा बिश्मार्कको नेतृत्वमा प्रसिया ( जर्मन एकीकरण कर्ता राज्य ) ले नेपोलियन तेश्रोको नेतृत्वको फ्रेन्च सेनालाई पराजित गरी जर्मन एकीकरण पुरा गरेको दिन ।

२. २ सेप्टेम्बर १९४५ हो चि मिन्हले फ्रेन्च साम्राज्यबादबाट भियतनाम स्वतन्त्र भएको घोषणा गरेको दिन ।

३. २ सेप्टेम्बर १९४५ मा टोक्यो खाडीमा अड्याई राखेको यु एस मिजुरी युद्धपोतको डेकमा स्थानीय समय अनुसार बिहान को ०९ बजेर ०४ मिनेटमा जापानका तत्कालीन विदेशमन्त्री मामोरु शिगेमित्सुले आत्मसमर्पणको पत्रमा पहिला हस्ताक्षर गरेपछि मित्रराष्ट्रको तर्फबाट सुप्रिम कमान्डरको हैसियतले अमेरिकी जनरल डग्लस म्याकआर्थर सोभियत लाल सेनाका लेफ्टिनेन्ट जनरल कुज्मा डेरेभ्याङ्को ले हस्ताक्षर गरे पछि दोश्रो बिश्व युद्धको समाप्ति भएको थियो । यो समरोह जम्मा २३ मिनेटमा टुंगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *