चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड

काठमाडौं, १७ भदौ । चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै सर्लाहीको हरिवन स्थित नमूना अस्पतालमा शनिबार आक्रोसित आफन्तले तोडफोड गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

सुत्केरी ब्यथा लागेर शुक्रबार साँझ अस्पताल भर्ना भएकी हरिवन नगरपालिका–४, पटौनाकी ३० वर्षीया अप्सरा थापाको मृत्यु भएपछि उनका आफन्त र गाउँलेको समुहले बिहान अस्पतालमा तोडफोड गरेका हुन् ।

तोडफोडको क्रममा अस्पतालको फार्मेसीमा क्षति पुग्नुका साथै अधिकांश झ्यालका सिसाहरू फूटेका छन् ।आक्रोसित भिड निउन्त्रण लिन प्रहरीले केही सेल अश्रृ ग्यास प्रहार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *