छुरा हानेर आफ्नै बाबुकोे हत्या

पाँचथर । पाँचथरमा एक युवकले छुरा हानेर आफ्नै बाबुको हत्या गरेको छ ।
पाँचथरको वा गाउँपालिका–३ बस्ने २७ वर्षीया दिव्यारानी माङलाकले छुरा हानेर बाबुको हत्या गरेका हुन्। उनलाई प्रहरीले पक्राउ गरेको छ ।

माङलाकले बुधबार राति ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकलाई धारिलो हतियार छुरा कोखामा प्रहार गर्दा गम्भीर घाइते भएकोले स्थानीय मेडिकल हुदै थप उपचारको लागी शुक्रबार धरान घोपा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । पारिवारीक झगडामा हत्या भएको प्रहरीले जनाएको छ। घटनाको अनुसार कार्वाही अगाडि बढाइने प्रहरीले जनएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *