भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी नेपालमा

काठमाडौं । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी नेपाल आएका छन् । संयागले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमै रहेको समयमा गान्धी नेपाल आएका हुन् । राहुल मानसरोवरमा एक शिविरमा बस्नेछन् ।

इन्डिगोको विमानबाट २ बजेर २० मिनेटमा विमानस्थलमा अवतरण गरेका थिए ।

राहुल निजी भ्रमणका क्रममा नेपाल आएका हुन् । राहुल नेपालबाट तिव्वत हुँदै कैलाश मानसरोबर जाने कार्यतालिका रहेको छ । नेपालमा रहँदा उनको गान्धीले राजनीतिक भेटघाट गर्ने वा नगर्ने खुलाइएको छैन । उनी भोली बेइजिङ तर्फ जानेभएका छन् । बेइजिङबाट ल्हासा र सागा जाने सागामा एक वा दुई दिन रोकिनेछन् र त्यसपछि मानसरोवर जानेछन् ।

बिमस्टेकमा सहभागी हुने नेपाल आएका भारतीय प्रधानमन्त्री मोदी आजै भारत फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *