१६ तोला बढी सुनसहित पक्राउ

सुनसरी । सुनसरीबाट एक व्यापारी पक्राउ परेका छन्। १६ तोला बढी सुनसहित पक्राउ पर्नेमा तफेजुल अन्सारी रहेका छन् । सशस्त्र प्रहरीले सुनसरीको हरिनगर गाउँपालिकाअन्तर्गत पर्ने भारतीय सीमावर्ति क्षेत्र घुस्कीबाट १६ तोला सुनसहित उनलाई पक्राउ गरेको हो।

घुस्की बिओपी इन्चार्ज प्रहरी निरीक्षक दिलीपकुमार पन्तका अनुसार चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको बिआर ३८ जे ४७०० नम्बरको मोटरसाइकलमा सवार अन्सारीको साथबाट सुन बरामद गरिएको हो। सुनसहित मोटरसाइकल र चालक सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको सशस्त्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *