सर्पले डसेर दुई जनाको मृत्यु

सिरहा । सिरहामा सर्पले डसेर दुई जनाको मृत्यु भएको छ । घरमै सुतिरहेको करेत सर्पले डसेर धनगढीमाई नगरपालिका १२ सिमरटोलका सेवा निवृत्त शिक्षक ६५ वर्षीय बलराम खतिवडाका मृत्यु भएको हो । उपचारको लागि धरान लैजादै गर्दा मृत्यु भएको बाटोमै मृत्यु भएको हो ।

गत मंगलबार पनि धनगढीमाई नपा ८ मै गोमन सर्पले डसेर स्थानीय अरुणकुमार सिंहका ५ वर्षीया छोरा धिरेन्द्रको ज्यान गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *