सवारी दुर्घटनाः दुईको मृत्यु, दुई घाइते

भद्रपुर/छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका ८ का २२ वर्षीय समीर खनाल र भद्रपुर नगरपालिका २ स्थित डिगाउँकी ७५ वर्षीया फूलमाया तामाङ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तगत बिर्तामोड नगरपालिका २ स्थित रामचोकमा ना ४ ख ४६५६ नम्बरको मालवाहक ट्रकले मे ५ प १८१८ नम्बरको मोटरसाइकललाई बिहीबार बेलुका ठक्कर दिँदा मोटरसाइकलमा सवार खनालको घटनास्थलमै मुत्यु भएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक २१ वर्षीय निर्मल कट्टेलको विएण्डसी अस्पताल बिर्तामोड उपचार भइरहेका छ, भने ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसैगरी भद्रपुर नगरपालिका–२ स्थित डिगाउँको भित्रि सडक खण्डमा मे२प ५६२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई बिहीबार साँझ ठक्कर दिँदा सोही ठाउँका ७५ वर्षीया फूलमाया तामाङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए। उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यता पैदलयात्रीलाई ठक्कर दिने मोटरसाइकलका चालक भद्रपुर नगरपालिका १ का ३१ वर्षीय जितबहादुर रायमाझी सामान्य घाइते भएका छन्। प्रहरीले रायमाझीको मोटरसाइकल नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *