आउँदो महिना भारतमा बिमस्टेक देशको संयुक्त सैन्य अभ्यास गरिने

काठमाडौं । आउँदो महिना भारतमा संयुक्त सैन्य अभ्यास गरिने भएको छ ।बिमस्टेक देशको संयुक्त सैन्य अभ्यास कसैका विरुद्ध नभएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जनाएका छन् ।

बिमस्टेक सम्मेलनको समापनपछि पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले आउँदो महिना भारतमा बिमस्टेक देशले एक अर्कासँग भएको सैन्य कौशलको आदानप्रदान गर्नका लागि संयुक्त सैन्य अभ्यास गर्ने बताएका हुन् । उनले कसैका विरुद्ध गरिने सैन्य अभ्यासमा नेपाल कहिल्यै पनि सहभागी नभएको स्पष्ट पार्दै आउँदा दिनमा पनि सहभागी नहुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *