दूध बिक्री गरी मनग्य आम्दानी

म्याग्दी/बेनी नगरपालिका–४ सिंगाका किसानले दूध बिक्री गरी मनग्य आम्दानी गरेका छन् । दूध बिक्री गरेर यहाँका किसानले रु ५० लाखभन्दा बढी रकम गाउँ भित्र्याएका छन् । आव २०७४÷७५ मा यहाँका किसानले सिंगास्थित जनभावना दुग्ध सहकारी संस्थामार्फत ७७ हजार ९५५ लिटर दूध बिक्री गरेको सो सहकारीका व्यवस्थापक कोपीलाल पौडेलले जानकारी दिएका छन् । यहाँको दूध सहकारीले सदरमुकाम बेनी र तातोपानी बजारमा बिक्री गर्ने गरेको छ । सहकारीले किसानबाट प्रतिलिटर दूध रु ५७ देखि रु ५८ सम्ममा खरीद गर्ने गरेको छ । सहकारीले सो दूध डेरी उद्योगलाई प्रतिलिटर रु ६७ देखि रु ७५ सम्ममा बिक्री गर्छ । सहकारीले सिंगा, सुर्केमेला र ठूलोखोलाका किसानबाट दूध संकलन गर्दैआएको छ । सहकारीमा ५५ किसान आवद्ध छन् । “एक जनाले दैनिक ४५ लिटरसम्म दूध बिक्री गर्ने गर्छ,” व्यवस्थापक पौडेलले बताए । सहकारीले दूध सङ्कलन गर्न थालेपछि बजारको समस्या टरेको स्थानीयवासी मीना खत्रीलेबताए । दूध बेचेको पैसाले बालबच्चा पढाउन तथा घरखर्च चलाउन सहज भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *