काठमाडौँ । चर्चित भारतीय अभिनेता सलमान खान र अभिनेत्री दीपिका पदुकोने सँगै पर्दामा आउने भएका छन् । सलमान र दीपिकालाई चर्चित निर्देशक संजय लिला भन्सालीले पहिलो पटक एकै साथ ल्याउन लागेको मिडिया रिपोर्ट बाहिर आएको छ।
भन्सालीले बनाउने इंसा अल्लाहु नामक फिल्ममा यो बहुप्रतिक्षित जोडीलाई अभिनय गराउने तयारीमा भन्साली जुटेको बताइएको छ।
दीपिकाले भन्सालीसँग राम लिला, बाजिराव मस्तानी र पद्मावत जस्ता फिल्ममा अभिनय गरेकी छन् भने सलमानले भन्सालीसँग खामोसी, हम दिल दे चुके सनम जस्ता फिल्ममा काम गरिसकेका छन्।
सलमानले भारत फिल्मको सुटिंग गरिरहेका छन्। त्यसपछि उनले दबंद्ग३ सुटिंग गर्ने भएका छन् ।