‘इन्टु मिन्टु लन्डनमा’को टिम प्रचार/प्रसारको लागि देशका विभिन्न सहरमा

काठमाडौं/रिलिज मिति नजिकिँदै गर्दा फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ले आफ्नो प्रचार÷प्रसारको सुरुवात गरेको छ। देशका प्रमुख ९ सहरमा हुने टुरमा पत्रकार भेटघाटदेखि सांगीतिक कन्सर्टको आयोजना गरिने तय भएको छ। प्रचारको लागि निर्माण युनिट मोफसल दौडाहामा निस्कने भएको छ। भदौ १६ गतेबाट मोफसल निस्कने टिम बिर्तामोड, दमक, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, चितवन र बुटवलसम्म पुग्नेछ। मोफसलमा रहेका दर्शकहरुलाई फिल्मको बारेमा बताउनको लागि मोफसल टुर आयोजना गरिएको निर्देशक रेनशा वान्तवा राईले बताइन्। मोफसल टुरमा रेनशासँगै फिल्मका लिड कलाकर साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरले पनि उपस्थिती जनाउनेछन्। असोज ५ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा साम्राज्ञी र धिरजसँगै विवेक लिम्बू, शारुक ताम्राकार, सुनिशा बजगाईंलगायतका कलाकारहरूको अभिनय रहनेछ। ‘आई कोर फिल्मस्’को ब्यानरमा निर्माण भएको ‘इन्टु मिन्टु लण्डनमा’ प्रभुशमशेर जबरा र प्रज्ज्वलशमशेर जबराको लगानी रहेको छ। फिल्मलाई शैलेन्द्र डि।कार्कीले खिचेका छन्।रोमान्टिक लभ स्टोरी फिल्ममा निर्माता प्रज्ज्वलशमशेर र निर्देशक रेनेशाको कथा रहेको छ भने सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र वसन्त सापकोटाको संगीत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *