नेपाली जनसम्पर्क समिति क्यानाडामा २२ जना बोर्ड अफ डाइरेक्टर निर्वाचित

नेपाली जनसम्पर्क समिति क्यानाडाको बोर्ड अफ डाइरेक्टर पदमा स्याङ्गजाका कृष्ण रेग्मी सहित २२ जना निर्वाचित भएका छन् । यही अगस्त २६ तारिखमा नेपाली जनसम्पर्क समिति क्यानाडाको दोश्रो अधिवेशन भएको थियो । अधिवेशन क्यानाडाको ब्राम्प्टनमा भएको थियो ।

समितिको विधान अनुसार २५ जना चुनिने व्यवस्था छ भने ३१ जनाले बोर्ड अफ डाइरेक्टरका लागि निवेदन दिएका थिए । यही अगस्त ३० सम्म उम्मेदवारी फिर्ता लिने म्यादसम्म ९ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । त्यसपछि स्वतः २२ जना बोर्ड अफ डाइरेक्टरको लागि निर्विरोध निर्वाचित भएको घोषणा प्रमुख निर्वाचन आयुक्त भाष्कर कुमार रेग्मीले गरेका थिए ।  

निर्वाचित हुनेहरूमा १- बुद्धी प्रकाश वली २ -दिपक दत्त गौतम ३- कमला भण्डारी ४- सम्राट थापा ५- बिजय लम्साल ६- सिद्देकी सोनाम शेर्पा ७- अशोक यादव ८- तुलासिङ भट्चन ९- शैलेन्द्र पन्जियार १०- निरन्जन थापा ११- सुनिल घिमिरे १२- हेमराज पाण्डेय १३ – सुशिल भुसाल १४ – बिष्णु खनाल १५ – राजेन्द्र पोखरेल १६- सुरेश रजौरे १७ – उज्जल गौतम १८ – कृष्ण रेग्मी १९ – बिशाल घिमिरे २० – राम कृष्ण पौडेल २१ – बसन्त कार्की २२ – बिपिन पराजुली रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *