देश दौडाहामा निस्केर राजतन्त्र फर्काउने मनस्थितिमा पूर्व युवराज पारस

काठमाडौं । पूर्व युवराज पारस शाह पछिल्लो समय निकै गुमनाम बनेका छन् । तर उनले दुई दिनअघि पूर्वपञ्च र राजावादी पार्टीका नेताहरूसँग छलफल गरेका छन् । अब देशमा फेरि राजतन्त्र फर्काउन देश दौडाहामा देश दौडाहमा निस्किने मूड बनाएका छन् ।

उनले देश दौडाहामा निस्कने योजना बनाएको र त्यसका लागि आवश्यक सुझाव माग्न पूर्वपञ्च र राजावादी पार्टीका नेताहरूसँग भेटवार्ता गरेका हुन् ।राष्ट्रियता कमजोर बन्दै गएको प्रति दुख व्यक्त गर्दै उनले राजतन्त्र र हिन्दूराष्ट्रको पुर्नस्थापनाका विषयमा पनि छलफल गरेको नेताहरूले बताएका छन् ।

काठमाडौंको नक्सालस्थित एक होटलमा ४ घण्टाजति भएको छलफलमा कमल थापा नेतृत्वको राप्रपाका नेताहरू जयन्त चन्द र भुवन पाठक, पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेताहरू राजेन्द्र गुरुङ, सुरेश आचार्य, विराज भट्ट, रवीन्द्रप्रताप शाह र सगुनसुन्दर लावती तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीका ऋषिबाबु परियार, शुष्मा आचार्य, केशव श्रेष्ठसहित डेढ दर्जन नेताहरू सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *