वर्कशपमा करेन्ट लागेर एकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडस्थित विकास मोटरसाइकल वर्कसपमा करेन्ट लागेर एकजनको मृत्यु भएको छ । मृत्यु हुनेमा वर्दिया घर भएका २४ वर्षीय मनोज रहेका छन् ।

वर्कसपमा मोटरसाइकल धुने क्रममा पानी तान्ने मोटर सर्ट भई उनलाई करेन्ट लागेको थियो। घाइते भएका चौधरीको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *