कञ्चनपुरमा फेरि १५ वर्षीया किशोरी बलात्कृत

कञ्चनपुर । देशव्यापी रुपमा निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको विरोध भइरहेको छ ।घटनाबारे अनुसन्धान जारी नै छ । घटनाको मुख्य दोषी अझै सम्म फेला नपरेका हुन या कुनै राजनितीक चलखेलले रोकेको हो, यसै बिच फेरि कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा एक किशोरी बलात्कृत भएको सार्वजनिक भएको छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ कि १५ वर्षीया किशोरी बिहीबार राति बलात्कृत भएकी हुन् ।

स्रोतका अनुसार बिहीबार राति उनकै घरमा पुजा थियो । पुजाका बेला उनकै साथीले फोन गरेर घरबाट केहि पर बोलाएर बलात्कार गरिएको हो । प्रहरीका अनुसार ४ जनाको समुहमा आएका उनका साथीहरुमध्ये १ जनाले बलात्कार गरेको हो ।

घटनाका आरोपीमध्ये २ जनाको पहिचान भईसकेको र थप २ जनाको पहिचानसँगै पक्राउ गर्न बाकि रहेको प्रहरीले जनाएको छ ।

राती तीन बजे तिर छोरिको खोजिगर्ने क्रममा छोरी बलात्कृत अवस्थामा फेला परेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

घटना सामूहिक हो या एकल भन्ने अझै यकिन भइसकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *