युएईमा नेपाली व्यवसायीको संख्या बढ्दै

काठमाडौँ । युएईमा नेपाली व्यवसायीको संख्या बढेको छ । अहिले युएईमा साना तथा ठूला व्यवसाय गर्नेको संख्या झण्डै एक हजार पुगेकोछ ।

‘पछिल्लो समय साना तथा ठूला नेपाली व्यवसायीको संख्या बढिरहेको छ, त्यो खुसीको कुरा हो र अरुका लागि पनि प्रेरणाको कुरा हो,’ युएईका लागि कार्यवहाक राजदूत सागरप्रसाद फुयाँलको भनाइलाई उधृत गर्दै गल्फ न्युजले लेखेको छ, ‘धेरै जसो नेपालीले रेस्टुरेन्ट, नेपाली किचेन, लगायतका अरु व्यवसाय पनि सञ्चालन गरिरहेका छन् ।’

युएईमा नेपाली कामदारको संख्या पनि ८० प्रतिशतले वृद्धि भएको छ । २००८ मा एक लाख २५ हजार मात्रै रहेको संख्या नेपाली दूतावास युएईको पछिल्लो तथ्याङ्क अनुसार युएईमा झण्डै दुई लाख ५० हजार नेपाली युएईमा छन् ।

एक लाख नेपाली दुवईमा, ५० हजार आबुधावीमा र बाँकी युएईका अरु राज्यहरुमा बस्ने गरेको दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *