‘कसौटी जिन्दगी २’को तस्वीर लिक, कोलकात्तामा भईरहेको छ सुटिङ

एजेन्सी, १५ भदौ । एकता कपुरको टिभि शो ‘कसौटी जिन्दगी २’ टिभिमा फर्कदैछ । अहिले यस टिभि शोको सुटिङ कोलकात्तामा भईरहेको छ । समाचारमा आए अनुसार सुटिङको केही तस्वीर लिक भएको छ । यो शो सेप्टेम्बर २५ बाट टिभिमा अनएयर हुँदैछ ।

अहिले यस शोको दुर्गा पूजा सिक्वेंन्सको सुट भईरहेको छ । जुन तस्वीरहरु सोसल मिडियामा भाइरल बनिरहेको छ । तस्वीरमा एरिका यानी प्रेरणा पार्थया अनुराग र पुनम बनर्जी यानिकी निवेदिता ब्राइट रेड ड्रेसमा देखिएकी छन् ।

‘कसौटी जिन्दगी २’को सुटिङको एक भिडियो पनि लिक भएको थियो । जहाँ कलाकारहरु एरिका फर्नाडिस, पार्थ समथान र पूजा बनर्जी देखिएका छन् । पार्थ अन्य कसैसँग कुरा गरिरहेकी छन् । यता एरिका भने कसैलाई खोजिरहेकी अन्दाजमा देखिएकी छन् ।

केही दिन अगावै एकता कपुरले अभिनेता शारुख खानसँग एक प्रोमो सुट गरेकी छन्, सो प्रोमो सेयर पनि गरिएको छ । त्यसपश्चात यो शो प्रति आम मानिसहरुको क्रेज बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *