चितवनमा एक पुलबाट कार खस्यो

चितवन । काठमाडौंबाट दाङ जाँदै गरेको कार आज बिहान जुगेडी पुलबाट खस्दा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर बा१७च २२१ नम्बरको कार अनियन्त्रित भई नारायणगढ–मुग्लिन सडक खण्डको जुगेडी पुलबाट तल खसेको हो।

कारका चालक रामेछाप निवासी २१ वर्षीय एकराज खत्री र कारमा सवार कञ्चनपुर जिल्लाको बेलौलीका ३४ वर्षीय दुर्गाप्रसाद चौधरी घाइते भएका छन्। घाइतेहरुको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा भइरहेको र स्वास्थ्यावस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *