बेपत्ता परिवारका सदस्यहरुको चित्कार- कि लाश, कि सास चाहियो

दाङ, १४ भदौ । बेपत्ता परिवारका सदस्यहरुले आफ्ना सदस्यहरुको खोजीमा सरकारले चासो नदिएको आरोप लगाएका छन् । सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पाटी नेकपा अर्थात तत्कालीन नेकपा माओबादीले शुरु गरेको शसस्त्र द्धन्दमा सहभागि भएको आरोपमा आफ्ना सदस्यहरु बेपत्ता भएको उनीहरुले बताए ।

राज्यको सवै बागडोर अहिले नेकपाको हातमा छ, खै ती बेपत्ता र शहिदहरु माथि न्याय गरेका,उनीहरुको गुनासो छ । नेपाल रेडक्रस सोसाईटी दाङ शाखाले आज बिहीबार तुलसीपुरमा आयोजना गरेको वलपूर्बक बेपत्ता पारिएका ब्यक्तिहरुको अन्तराष्ट्रिय दिवसको अवसरमा राज्यबाट बेपत्ता पारिएका परिवारका सदस्य उपेन्द्रबहादुर डाँगी र अर्का खुमबहादुर डाँगीले सत्य निरुपण तथा मेल मिलाप आयोग र बेपत्ता सम्बन्धि आयोग गठन भएको सुनेका उनीहरुले भने बेपत्ता भएकाहरुलाई मृत्यु भएको घोषणा गरिदिनु प¥यो कि जिउँदो मान्छे छ भनि देखाईदिनु प¥यो ।

शसस्त्र द्धन्दको १० बर्षको अवधिमा बेपत्ता पारिएका आफ्ना बेपत्ता भएका सदस्य अझै पनि घरमा आउने आशा रहेको बताएका छन् । दशक बिति सकेको तर पनि मध्ये रातमा आउँछ की वा पल्लो छिमेकीको छोरा छोरी बिदेशबाट आए झै गरि आउछ , आखाँमा लागि रहन्छ उनीहरुले बताए । अधिकासं राज्यबाट बेपत्ता पारिएका परिवारका सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रमका सहभागिहरुले राज्यप्रणालिका बिरुद्ध तत्कालिन अबस्थामा बिद्रोहमा उत्रिदा बेपत्ता पारिएकाहरु र शहिद र द्धन्दपीडितहरु माथि वर्तमान सरकारले अझैपनि न्याय दिन नसकेको गुनासो गरेका छन् ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता टीकाराम खड्काले बेपत्ता आयोग र सत्यनिरुपण आयोगले काम भन्दा पनि आफ्नो म्याद बढाउने काम मात्र गरेको बताउनुभयो । उहाले राज्यबाट अव तत्काल पीडित परिवारलाई पुर्नस्थापनका प्रभाबकारी कार्यक्रम ल्याउनुपर्ने सुझाब दिए । सो अवसरमा नेपाली काग्रेसका जिल्ला सदस्य देवा डाँगीले राज्य र बिद्रोही दुवै पक्षबाट पीडित परिवारलाई राहत, पुर्नस्थापन र न्यायका लागि दवा दिनुपर्नेमा जोड दिए ।

रेडियो नेपाल प्रदेश ५ का प्रमुख गोर्कण रेग्मी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिब सुशील बस्नेत, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक राजन रायमाझी, पत्रकार गोपाल शर्मा भट्टराई लगायतले सत्य निरुपण मेल मिलाप र बेपत्ता सम्बन्धि बनेका आयोगको काम प्रति असन्तुष्टी जनाए । उनीहरुले सबै प्रकारका द्धन्दपीडितहरुलाई न्याय हुनेगरि राज्यले पूर्नस्थापनका कार्यक्रम ल्याउनुपर्ने माग गरे ।

बुवा आमा बृद्धि हुदै जादा कमाई गर्ने उमेरको छोरालाई लामो समयदेखि गुमाउदाको पीडा निकै दर्दकनाक भएकाले त्यसमा राहत तथा उचित क्षतिपुर्ति र केही सेवा सुबिधा उपलब्ध गराउनुपर्नेमा जोड दिए । नेपाल रेडक्रसका सभापति नारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य जिल्ला सदस्य भीमलाल मरासिनी र सहजीकरण जिल्ला सदस्य शिव थापाले गरेका थिए । हरेक वर्षको ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज बिहीबार मनाइँदैछ ।

शसस्त्र द्धन्द्धका क्रममा दाङ जिल्लामा राज्य र विर्दाेही पक्षबाट ६ सय दुईको हत्या भएको थियो । यस्तै १ सय १३, वेपत्ता,२ सय ९० अपहरण, ३ सय ७, घाईते अपाङ, ८ सय १४ सम्पति क्षति , ५ सय ४५ विस्थापित , ५ आमा बा गुमाएका कार्यालयको तथ्थाङका उल्लेख गरिएको छ । देशभर शसस्त्र युद्धका क्रममा राज्य र तत्कालीन बिद्रोही पक्षबाट ३१ सय १४ जना बेपत्ता पारिएको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *