बिम्स्टेकः सम्मेलनको दोस्रो शत्र १० बजेबाट सुरु हुने

काठमाडौं, १५ भदौ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुका लागि आयोजना गरिएको ‘रिट्रिट’ होटल सोल्टीमै सुरु भएको छ ।

सामूहिक तथा व्यक्तिगत अनौपचारिक छलफल तथा कुराकानीका लागि ‘रिट्रिट’को आयोजना गर्ने प्रचलन रहेको छ । सम्मेलनमा सहभागी भएका कार्यकारी राष्ट्रप्रमुखहरुका लागि द्विपक्षीय तर अनौपचारिक कुराकानीका लागि ‘रिट्रिट’ महत्वपूर्ण मानिन्छ । नेपालले आयोजना गरेको सार्क शिखर सम्मेलनमा धुलिखेलमा ‘रिट्रिट’ को आयोजना गरेको थियो । यसपटक गोकर्णमा गर्ने भनिए पनि सडक बनाउन नसकेकाले सोल्टीमै हुन लागेको हो ।

बिमस्टेक सम्मेलनको आज दोस्रो दिन, सम्मेलनको दोस्रो शत्र १० बजेबाट सुरु हुँदै छ । आजको समापन समारोहलगत्तै सम्मेलनमा सहभागी हुन आएकामध्ये ४ सदस्य राष्ट्रका कार्यकारी प्रमुख आजै स्वदेश फर्कने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा शुक्रबार (आज) नै फर्कने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *