चार महिनामा ११८ बालिका बलात्कृत

काठमाडौं, १५ भदौ । पछिल्लो चार महिनामा ११८ जना बालिका बलात्कृत भएका छन् । केन्द्रीय बालकल्याण समितिले २०७४ साल चैतदेखि २०७५ असारसम्म सञ्चारमाध्यममा प्रकाशमा आएका बालअधिकार हननका घटनालाई समेटेर तयार गरेको प्रतिवेदनमा यस्तो तथ्य पाइएको हो ।

प्रतिवेदन अनुसार बालिका बलात्कार भएका घटनामध्ये १४ जना सामूहिक रूपमै बलात्कृत भएका छन् । प्रतिवेदन अनुसार सबैभन्दा बढी चैतमा ५७ जना बालबालिका बलात्कृत भएका छन् । जसमध्ये ५५ जना बालिका छन् भने दुई जना बालक जर्मन नागरिकबाट यौनदुव्र्यवहारको शिकार भएको पाइएको छ ।

यस्तै, वैशाखमा २८ जना, जेठमा १३ र असारमा २२ बालिका बलात्कारको शिकार भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । बलात्कारमा संलग्न अभियुक्तमध्ये १९ जना बालक नै रहेको छन् भने बाँकी वयस्क रहेका छन् । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *