टिपरले दुईवटा कारलाई ठक्कर दियो

काठमाडौं । बल्खुबाट सातदोबाटोतिर गइरहेको मिनी टिपरले विहीबार ललितपुरको एकान्तकुनामा दुईवटा कारलाई ठक्कर दिएको छ ।बा १ ख ९०४९ नम्बरको मिनी टिपरले ठक्कर दिँदा बा ९ च ४० नम्बरको कारको अगाडिको भागमा क्षति पुगेको छ ।

सो कारमा नेपाल टिम्बर कर्पोरेसनका पूर्वजीएम गणेश उपाध्याय र उनकी श्रीमती चढेका थिए ।त्यस्तै टिपरले ठक्कर दिएको बा १६ च ९२९८ नम्बरको कारको पछाडिको भाग क्षतिग्रस्त बनेको छ ।

ठक्कर दिने टिपरका चालक अमरबहादुर बिकलाई जावलाखेल प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *