एसिया कप छनोटका दुई खेलमा नेपालको हार

काठमाडौं । एसिया कप छनोटका दुई खेलमा नेपाल लगातार पराजित भएको छ ।
बिहीबार नेपाल यूएइसँग ७८ रनले पराजित भयो। बुधबार नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो।

बिहीबारको खेलमा टस जितेर बलिङ रोजेको नेपालले २ सय ५५ रनको लक्ष्य पाएको थियो। तर, नेपाल १ सय ७६ रनमै अलआउट हुन पुग्यो।

ओपनर सुवास खकुरेलले नेपाललाई सर्वाधिक ५० रनको योगदान दिए।

ओपनर ज्ञानेन्द्र मल्ल पहिलो ओभरमै ४ रन बनाएर आउट भएका थिए। कप्तान पारस खडकाले १६, सागर पुनले ३, दीपेन्द्रसिंह ऐरी ४०, आरिस सेफ ३, करण केसी ०, रोहित पौडेल ९ रनको योगदान दिए।

यूएइले ९ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो। यूएईका लागि ओपनर चिराग सुरीले सर्वाधिक ६१ रन बनाए। त्यस्तै अन्नान मुफ्तीले नटआउट ५७ रन बनाए।

टस जितेर नेपालले बलिङ रोजेको खेलमा सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। १० ओभरमा उनले २४ रन दिएर ४ विकेट लिएका हुन्। उनले २ ओभर मेडन बलिङ गरेका थिए।

करण केसी महंगा बलर साबित भए। उनले ८ ओभरमा ६१ रन दिँदा कुनै विकेट लिन सकेनन्। सोमपाल कामीले १० ओभरमा २ विकेट लिएर ५८ रन दिए।

बसन्त रेग्मीले १० ओभरमा २ विकेट लिएर ४९ रन दिए। त्यस्तै, कप्तान पारस खड्काले ६ ओभरमा ३३ रन दिंदा विकेट लिन सकेनन्।

६ ओभर बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले २६ रन दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *