‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक –२०७५’को स्वागत

काठमाडौं । नेपाल चिकित्सक संघले सरकारले ल्याएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ को स्वागत गरेको छ ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा बिहिबार विधेयकमाथिको छलफलमा अस्पतालहरुमा राजनीतिक नियुक्ति गर्ने परिपाटीको अन्त्य गर्न निर्देशन दिदै नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारले ल्याएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ को स्वागत गरेका छन् ।

अध्यक्ष श्रेष्ठले स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा अस्पतालहरुलाई नराख्ने कानुनी प्रावधान बनाउन पनि समितिसँग आग्रह गर्नुभयो । अस्पतालहरुलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा राखेकै कारण नेपालको सरकारी अस्पतालहरुको अवस्था नाजुक बन्न गएको अध्यक्ष श्रेष्ठको दावी छ ।

समितिका सदस्य योगेश भट्टराईले संवैधानिक व्यवस्था अनुसार जनताले चाहेको ठाउँमा अस्पताल खोल्ने पाउने अधिकारलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकामा चिकित्सकहरुले अस्पतालको स्थापना हुन नदिने भन्दै चिकित्सकहरुले अवरोध गर्न नहुने बताएका छन् ।

समितिले बुधबार वरिष्ठ चिकित्सक केसीसँग पनि त्यो विधेयकका सम्बन्धमा छलफल गरेको थियो । समितिका सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले बैठकमाबोल्दै चिकित्सकहरुले आफ्नो सेवा छाडेर राजनीति नगर्न आदेश दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *