इटालीमा एक नेपालीद्वारा झुण्डिएर आत्महत्या

इटाली । इटालीमा एक नेपालीले आत्महत्या गरेका छन् । बागलुङको तानग्राम २ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले इटालीमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको जानकारी प्राप्त भएको स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासले जनाएको छ । यो नेपाली दूताबासले इटालीलाई समेत हेर्दै आएको छ ।

इटालीस्थित नेपालीहरुका अनुसार गत बर्ष डिसेम्बरमा डेप्रेसनका कारण केही दिन उनी अस्पतालसमेत भर्ना भएका थिए । त्यसपछि नेपाल फर्केका उनी केही समयको बसाइपछि पुनः इटाली फर्किएका थिए । १० बर्षदेखि इटालीमा बैधानिक रुपमा बस्दै आएका थापा अविवाहित थिए ।

थापाको पोष्टमार्टमको रिपोर्ट भने आइसकको छैन् । उनको तलब, बैंक वा कतै रकम रहेमा सो पत्ता लगाउने पहल भइरहेको दूताबासले जनाएको छ ।

गत नोभेम्बरमा म्याग्दी रघुगंगा गाउपालिका पाखापानीका ३६ वर्षीय धनमान पूर्जाले अवैधानिक रुपमा लिबियादेखि सामुन्द्रिक डुंगा चढेर इटाली जाने क्रममा हृदयाघातबाट इटालीमा ज्यान गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *