भोजमा छुटे देउवा

काठमाडौँ । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि सुरु हने बिम्स्टेकको चौथो सम्मेलनमा भाग लिन नेपाल आएका विशिष्ट अतिथिहरु दिवाभोज दिने कार्यक्रम रहेको छ।

दिवाभोजका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचा, श्रीलंकाका राष्ट्रपति माइथीरिपला सिरिसेना, म्यानमारका राष्ट्रपति विन मिन्ट र भुटानको सरकारका प्रमुख सल्लाहकार दासो छिरिङ वाङगचुक शीतल निवास पुगिसकेका छन्।

शीर्ष पाहुनाहरुसँगको बैठक सकिएलगत्तै राष्ट्रपति कार्यालय परिसरभित्रै हुने दिवाभोजमा विपक्षी दलका कुनै पनि कार्यकर्तालाई भने निम्तो दिइएको छैन् ।

बिमस्टेक राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँग राष्ट्रपति भण्डारीले गर्ने बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुनपनि हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी र चिफ अफ प्रोटोकल दीपक अधिकारी पनिे भेटमा सहभागी हुनेछन् ।

शीर्ष पाहुनाहरुसँगको बैठक सकिएलगत्तै राष्ट्रपति कार्यालय परिसरभित्रै आयोजना गरिएको दिवाभोजमा अन्य पाहुनाहरुलाई पनि निमन्त्रणा दिइएको छ । राष्ट्राध्यक्ष र सरकार प्रमुखका श्रीमान् वा श्रीमति, परराष्ट्रमन्त्रीले पनि भोजमा सहभागिता जनाउन पाउनेछन् । विपक्षी दलका नेता, पूर्व प्रधानमन्त्री शेरवहादर देउवा, सभामुख, प्रधानन्यायाधीश लगायतका नेताहरुलाई भने दिवाभोजमा निम्तो दिइएको छैन ।

बैठक र दिवाभोजको कार्यक्रम सकिएपछि दिउँसो ४ बजेदेखि कालिमाटीस्थित सोल्टी होटलमा भोली सकिने बिमस्टेक शिखर सम्मेलन सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *