लगातार विकेट जादै सागर पनि आउट

काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई २५५ रनको चुनौति दिएको थियो । २५५ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटको रुपमा सागर पुनलाई ३ रनमा गुमाएको हो । १६ ओभरको खेल चलिरहंदा नेपालले ३ विकेटको क्षतिमा ४३ रन बनाएको छ ।

यसअघि कप्तान पारस खड्का १६ रन बनाएर आउट भएका थिए भने पहिलो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ललाई ४ रनमा आउट भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *