चोरीको स्कोर्पियो जीपसहित १८ सवारी साधन बरामद

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले एक महिनाको अवधिमा चेकजाँचका क्रममा १७ मोटरसाइकल र एउटा स्कोर्पियो जीप जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको छ ।

चोरीका उक्त सवारी साधनमा अधिकांश भारतीय नम्बर प्लेट भएकोले भारतीय बजारबाट चोरी गरी ल्याइएको हुनसक्ने प्रहरीले जनाएको छ ।

बरामद गरिएका सबै सवारी साधनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *