छतबाट फोहर फाल्ने क्रममा, फोहोर सँगै खसेर मृत्यु

नुवाकोट/ घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट फोहर फाल्ने क्रममा आज विदुर नगरपालिका–१ ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको मृत्यु भएको हो । फोहर सङ्कलन गर्ने गाडी आएपछि उनी फोहर फाल्न घरको छतमा चढेकी थिइन। छतमा कुर्सीमा चढेर फोहर फाल्न खोज्दा ढुङ्गाना चिप्लिएर सडकमा खसेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *