कप्तान पारस पनि आउट

काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई २५५ रनको चुनौति दिएको थियो । २५५ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले खराब सुरुवाती गरेको छ ।

नेपालका कप्तान पारस खड्का १६ रन बनाएर आउट भए । उनले ९ ओभरको पहिलो र दोस्रो बलमा लगातार चौका प्रहार गरेपनि तेस्रो बलमा भने आउट हुन पुगे ।

अहिले नेपालले ९ ओभरको समाप्तिमा २ विकेट गुमाएर ३३ रन बनाएको छ । यसअघि नेपालले पहिलो ओभरमा नै उपकप्तान ज्ञानेन्द्र मल्ललाई ४ रनमा गुमाएको थियो । कप्तान पारस र ज्ञानेन्द्र आउट भएपछि नेपालाई चुनौतिको सामना गर्न मुस्किल हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *