सप्तरीमा यात्रु बस दुर्घटना, बसका चालक फरार

राजविराज– पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ६ मा बिहीबार बिहान भएको यात्रु बस दुर्घटनामा १७ जना यात्रु घाईते भएका छन्। घाईते मध्ये १ जनाको अवस्था गम्भीर छ।

पोखराबाट काकडभिट्टा जाँदै गरेको ना ५ ख ६९४२ नम्बरको यात्रु बस बिहान करिब ४ बजे आफैं अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दुर्घटनामा परि घाइते भएका कास्कीको पोखरा महानगरपालिका १९ की ५२ वर्षिया देवरुपा गिरीको ढाडमा चोट लागेको र अवस्था गम्भीर रहेको डिएसपी भावेश रिमालले बताए।

अन्य यात्रको अवस्था सामान्य रहेको छ। अधिकांश घाईतेहरू कास्की, मोरङ, झापा र चितवनका छन्। उनीहरूको सप्तरीको कल्याणपुर स्थित एडभान्स सुरक्षा अस्पतालमा उपचार भइरहेको छ।बसका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *