पहिरोमा परि एकै घरका ४ जनाको मृत्यु

काठमाडौँ । ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिकामा बुधबार राति पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छ। मोलुङ गाउँपालिका ८ राँगादीपमा पहिरोमा परी एकै घरका ४ जनाको मृत्यु भएको हो।

बुधबार राति पहिरोले घर पुरिँदा  मृत्यु हुनेमा ५० वर्षीय पूर्णबहादुर राई र उनकी श्रीमती ४० वर्षीया धनकुमारी राई, ५५ वर्षीया मित्रमाया राई र ३ वर्षीय बालक रहेका छन् । मृतकहरुको शव निकाली सकिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *