आइपुगे बिम्स्टेकका अन्तिम पाहुुना

काठमाडौँ । बिम्स्टेकको शिखर सम्मेलनमा भाग लिन अन्तिम पमहुनाको रुपमा थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा काठमाडौं आइपुगेका छन्। अन्य राष्ट्रका राष्ट्रप्रमुख र सदस्य यसअघि नै काठमाडौं आइपुगेका छन्।

प्रधानमन्त्री ओ चा विशेष विमानबाट बिहीबार बिहान १०स्१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। उनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी र नेपाल सरकारका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए। उनलाई विमानस्थलको विशिष्ट कक्षमा सेनाको एक टुकडीले सम्मान गारथ सलामी दिएको थियो।

राष्ट्रपतिले आयोजना गरेको दिवाभोजमा सहभागि भएपछि ओ चा आज दिउँसो ३ बजेदेखि सुरु हुने बिम्स्टेक बैठकमा भाग लिनेछिन्।ओ चा शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *