काठमाडौँ ।मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा जारी एसिया कप क्रिकेटको छनौट प्रतिस्पर्धामा नेपालले अहिले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ। अहिलेसम्म युएईको ६ विकेट गएको छ।
युएईको छैटौँ विकेटको रुपमा चीराग सुरी रन आउट भए। यसअघि युएईको पाँचौँ विकेट सोमपाल कामीले लिएका हुन्। यस्तै नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले दुई दुई विकेट लिएका छन्। सन्दीपले रोहन मुस्तफा र शाइमन अनवरलाई आउट गरेका हुन्।
बसन्तले पहिलो र तेस्रो तथा सन्दीपले दोस्रो र चौथो विकेट लिएका हुन्। बसन्तले रामीज शाहजाद र अशफाक अहमदलाई आउट गरे।