भारतको रायपुरमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

भरात, रायपुर-१४ भदौ । पछिल्लो समय नेपाल र छिमेकी राष्ट्र भारतमा बलात्कारका घटनाहरु तिब्र रुपमा बढिरहको छ । नेपालको सन्दर्भमा भन्ने हो भने, केही साता अघि मात्रै कञ्चनपुरको १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ । अझै पनि यो घटना सेलाएको छैन । त्यस्तै कञ्चनपुरकै अर्की एक बालिका पनि बलात्कार गरि हत्य गरिएको समाचार सार्वजनिक भएको छ ।

यसका साथै हाम्रो छिमेकी राष्ट्र भारतमा पनि बलात्कारका घटनाहरु सार्वजनिक भइरहेका छन् । केही महिना अघि मात्रै बलात्कारको गरेको आरोपमा दुई जनालाई त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको छ । त्यस्तै, १२ वर्षीया १ बाकिालाई २२-२२ जनाले ब्ल्याकमेल गर्दै सामूहिक बलात्कार गरेको घटना पनि सार्वजनिक भएको थियो ।

पछिल्लो समय पनि एउटा सामूहिक बलात्कारको घटना बाहिर आएको छ । यो घटना भारतको रायपुरको हो । रक्षा बन्धनको दिन बेलुकी एक युवती आफ्नो घर भन्दा बाहिर निस्केकी थिइन् । उनका अनुसार उनी आफ्नो दाईको घर गएकी थिइन् । तर उनलाई केही यौन पिपासुहरुले उनको इज्जत लुटेका छन् ।

प्रहरीले आफुलाई सहयोग नगरेको भन्दै पीडित युवतीले आरोप लगाएकी छन् । अहिले आएर बल्ल प्रहरीले उनी माथि सामूहिक बलात्कारको उजुरी दर्ता गरेको छ । साथै ती यौन पिपासुहरुलाई खोजी कार्यलाई अघि बढाइरहेका छन् ।

रायपुरको मुजगहन थानाका प्रभारी एलडी दिवानका अनुसार पुरानो बस्ती इलाकामा रहँदै आएकी २४ वर्षीय एक किशोरी गत आइतबार बेलुकी आफ्नो दाईको घरमा राँखी बाँध्नका लागि बोरियाखुर्द टाउनशिपका लागि निस्केकी थिइन् ।

सन्तोषी नगरमा सिटी बसबाट ओर्लिएर उनी पैदल बोरियादुर्ख आरडिए कोलोनीतर्फ जाँदै थिइन् । बाटोमा उनले अटोलाई रोकिन् । सो अटोमा तीन जना युवाहरु सवार थिए । ती युवती पनि त्यही बसिन् ।

पीडितका अनुसार जब उनी अटोमा बसिन्, त्यसपछि सो अटो आरडिए कोलोनी तर्फ नभएर काँदुल तर्फ मोडे । उनको भनाई अनुसार अटामा सवार दुई युवकले भने ती युवतीको दुवै तर्फको हात समातिरहेका थिए , भने मुख बन्द गरिदिएका थिए । त्यसछि दतरेंगाको एक खाली घरको कोठामा लगे र उनलाई बलात्कार गरे ।

पीडित युवतीको बयानपछि प्रहरीले घटनाको छानविन गरिरहेको छ । दिवानको प्रहरीका अनुसार यस घटनापछि ती यौन पिपासुहरु युवतीलाई छोडेर फरार भए । प्रहरीका अनुसार ती बलात्कृत युवतीले सो रात त्यही घरमा काटेकी थिइन् ।

त्यसको भोलीपलट उनी प्रहरी थानामा पुगिन् र आफूमाथि भएको सबै कुरा खोलिन् । अहिले ती आरोपीहरुको खोजी कार्य भईरहेको छ, साथै सिसिटिभि फुटेज पनि चेक भइरहेको जानकारी गराइएको छ ।

अहिले ती युवतीको मेडिकल टेस्ट गरिएको छ । तर रिपोर्ट भने प्राप्त भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *