बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि काठमाडौंमा

काठमाडौं, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौंमा आइपुगेकी छन् ।

गलादेशकी प्रधानमन्त्री हसिना विमान बंगलामार्फत आज बिहान ९ः २० बजे काठमाडौं आइपुगेकी हुन् । केहिबेर अगाडि मात्रै काठमार्डौ आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हसिनाले भेट गरेर हात मिलाएकी छन् ।

विमानस्थल परिसरमै बनाइएको मञ्जमा दुवै प्रधानमन्त्रीलाई विशेष सलामी समेत अर्पण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *