बिम्स्टेकः चौथो शिखर सम्मेलन आजबाट सुरु हुँदै

काठमाडौं, १४ भदौ । आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलन आजबाट सुरु हुँदैछ । दुई दिनसम्म चल्ने सम्मेलनमा बिम्स्टेकका सात देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुको सहभागिता रहने छ ।

चौथो सम्मेलनमा खुल्ला व्यापार, प्रतिआतंकबाद, जलबायु परिवर्तन लगायतका बिषयमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।सम्मेलनअघि सदस्य राष्ट्रका सचिव तथा परराष्ट्रमन्त्रीस्तरीय बैठक बसेको थिया । जसले सम्मेलनका विषयबस्तुहरु अनुमोदन गरेको थियो । सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरु नेपाल आउने क्रम जारी छ । सम्मेलन काठमाडौंको सोल्टी होटलमा आज अपराह्न तीन बजेदेखि सुरु हुनेछ ।

मानवताविरुद्वको अपराध र मानव तस्करी बिमस्टेकमा आबद्ध मुलुकहरुको साझा समस्या हो । यही समस्याले बिमस्टेकका सात राष्ट्र सकस र समस्यामा छन् । तर यही समस्याविरुद्ध अब सातै मुलुकले सामूहिक संघर्ष गर्ने प्रतिबद्धता जाहेर गर्ने भएका छन् ।

यी दुई मुद्दामा शून्य शहनशीलता अपनाउने एजेण्डामा शिखर सम्मेलनमा सहभागी सातै देशका सरकार प्रमुखहरुले हस्ताक्षर गरेपछि यी दुई अपराधविरुद्ध सात मुलुक एकढिक्का बन्ने विश्वास गरिएको छ । यस अलावा जलवायु परिवर्तन, उर्जा क्षेत्र, यातायात पूर्वाधारको विषयलाई विमस्टेक सदस्य राष्ट्रले आप्mनो प्राथमिकतामा समावेश गर्ने भएका छन् । यस अघि भएका तीन सम्मेलनले आफ्नो प्रभावकारिता प्रदर्शन गर्न नसकिरहेको अवस्था काठमाडौं सम्मेलन एजेण्डाले नै प्रभावकारी बन्ने संकेत पनि देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *