सडकका खाल्डा पुर्ने प्रतिवद्धता पुरा गर्न सकेन सरकारले

काठमाडौं । गत २७ असारमा प्रधानमन्त्री ओलीले ५० दिनभित्र चावहिल–बौद्ध–जोरपाटी सडक र कलंकी–नागढुंगा सडकसहित उपत्यकाका अन्य सडकको खाल्डाखुल्डी पुर्ने प्रतिवद्धता जनाएका थिए। तर सरकार आफैले प्रतिवद्धताा पुरा गर्न सकेको छैन । सरकारले सडको सुधार गर्ने भनेपनि सडकको हालत उस्तै छ । सडकको अवस्था सुधार्न दिइएको निर्देशन पालना नभएको सरकार आफैले स्वीकार गरेको छ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यालयले गरेको अनुगमनबाट एक तिहाइ हिस्सा काममात्र सम्पन्न गरेको पाइएको छ । चावहिल–बौद्ध–जोरपाटी सडक खण्डमा खाल्डाखुल्डी र पानी जम्ने अवस्था कायमै रहेको देखिएको छ।

त्यस्तै, विद्युत र टेलिफोनका पोल तथा तारहरू प्रतिवद्धता जनाएअनुसार नहटाइएको तथा निर्माण सामग्री सडकमा यत्रतत्र छरिएको अवस्थामा पाइएको कार्यालयले विज्ञप्ति जारी गरी उल्लेख गरेकोछ।

त्यस्तै, कलंकी–नागढुंगा सडक खण्डमा पनि सडकका खाल्डा पुर्ने तथा पोल, तार र ढल व्यवस्थापन गर्ने लगायतका काम सन्तोषजनक रुपमा हुन नसकेको स्वीकार प्रधानमन्त्री कार्यालयले गरेको छ।

गत असारको निर्देशनपछि पनि अपेक्षित गतिमा काम हुन नसकेपछि एक महिनाअघि गत १६ साउनमा प्रधानमन्त्री ओलीले उपत्यकाका प्रमुख सडकको अवस्था सुधार्न पुनः निर्देशन दिएका थिए। उनले प्रमुख सडकका खाल्डाखुल्डी पुर्न, सडक बत्तीको व्यवस्था गर्न, ट्राफिक संकेतसमेतको व्यवस्था मिलाउन सरोकारवाला निकायलाई निर्देशन दिएका थिए।

road checking

सरोकारवालाहरुको लापवाहीका कारण काममा ढिलाइ भइरहेको स्थानीयले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *