बढेको कर फिर्ता लिने भए नगरपालिकाका यी मेयर

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले करबृद्दी फिर्ता गर्ने बताएको छ । नगरपालिकाका मेयर रामेश्वर बोहोराले नगरपालिकाले बढाएको कर फिर्ता गर्ने प्रतिवद्धता गरेका हुन ।

तारकेश्वर नगर कार्य समिति, तारकेश्वर नगरपालिका नागरिक समाज र बिभिन्न संघ संस्थाका प्रतिनिधिले बुधबार नगरपालिकाको कार्यालयमा नै पुगेर विरोध जनाएपछि मेयर कर फिर्ता गर्ने भनेका हुन ।

आवश्यक रुपमा नगरको विकासका लागि रकम जुटाउन कर बढाएको भने पनि स्थानीयले गरेको चर्काे विरोधका का कारण उनी कर फिर्ता लिने भएका हुन् ।

यसअघि पनि स्थानीयबासिन्दाले नगरपालिकाले सोचे अनुसारको काम नगरेको भन्दै मेयरलाई ज्ञापन पत्र बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *